| १० बैशाख २०८०, आईतवार ०५:२६
जुम्ला : प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा (तामाङ)ले जुम्ला विमानस्थललाई स्तरोन्नति गरिने बताएकी छन् । सानो जहाज मात्र अवतरण गर्न मिल्ने भएकाले यात्रु मर्कामा परेको भन्दै उनले ठूलो जहाज अवतरण गर्न विमानस्थलको स्तरोन्नति गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीलाई जानकारी गराएको बताइन् । सांसद ल्हामुले आगामी बजेटमा जुम्ला विमानस्थलको स्तरोन्नतिका लागि बजेट आउने बताइन् ।
मन्त्री किरातीले जुम्ला विमानस्थललाई विस्तार गरेर मानसरोवरलाई ध्यान दिएर पनि काम गर्नुपर्ने बताएको ल्हामुले जानकारी दिइन् ।
उनका अनुसार कर्णालीमा अनलाइनबाट पनि हवाई टिकट लिन मिल्ने भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन् । पहुँचको भरमा टिकट पाइने कर्णालीमा ल्हामुकै पहलमा पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि अनलाइन टिकटको शुरुवात गरिएको थियो ।