☰ open Loading... 15 March 2025|  

१८ जना एसपी एसएसपीमा बढुवा सिफारिस
  | १६ बैशाख २०८०, शनिबार ०५:२४

काठमाडौंं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ।

शुक्रबार बसेको गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।