☰ open Loading... 16 September 2024|  

विपन्न विद्यार्थीलाई आर्थिक सहयोग
  | २५ बैशाख २०८०, सोमबार ०६:१८

दैलेख – रैनादेवी आधारभूत विद्यालय काँडा, रैनादेवी माध्यामिक विद्यालय टाटामाखु र बडाभैरव आधारभूत विद्यालय जुफियामा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।३विद्यालयका ३जना विद्यार्थीलाई ५हजार नगद सहित शैक्षिक सामाग्री सहयोग प्रदान गरिएको हो।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित आर्थिक सहयोग गरिएको समाजसेवी नन्दबहादुर बिष्टले बताए ।उनले भने आर्थिक अवस्था कमजोर भएकै कारण समस्यामा परेका विद्यार्थीहरुलाई आर्थिक सहयोगले शैक्षिक सामाग्रीले पठन पाठनमा सहज बनाउने छ ।

यस्तै धन्यवाद दिदै आर्थिक बिपन्न भएका बिद्यार्थीलाई यसले ठुलो सहयोग भएको रैनादेवी आधारभूत विद्यालय प्रधानाध्यापक मान बहादुर कटुवालले वताए। उनले भने यसरी नगद शैक्षिक सहयोग गर्नाले विद्यार्थीको समस्या समाधान हुने जानकारी दिए।