☰ open Loading... 7 September 2024|  

ठेकेदार कम्पनीको लापरबाहीले भवन निर्माणमा ढिलाई
  | २६ बैशाख २०८०, मंगलवार ०५:१९

 

दैलेख –स्वास्थ्य सेवा कार्यालय दैलेखको भवन भवन निर्माणमा ढिलाई भएको छ ।ठेकेदार कम्पनीको लापरबाहीले भवन निर्माणमा ढिलाई भएको हो ।समयमै स्वास्थ्य सेवाको भवन निर्माण नभएपछि बिरामीलाई उपचार गर्ने र सामानहरु राख्ने ठाउँको अभाव भएको स्वास्थ्य सेवा कार्याललय दैलेखका कार्यवाहक अध्यक्ष रमेश केसिले बताए ।

विसं २०७८ देखि निर्माण थालिएको उक्त भवन करिब दुई बर्ष सम्म पनि भवनको हालसम्म करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको स्वास्थ्य कार्यवाहक अध्यक्ष रमेश केसिले बताए ।

कर्णाली प्रदेस सरकार समाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा रू१८करोड२३लाख९९हजार३सय८१रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो। प्रेरा क्याराभान सुपर स्टार जेभि निर्माण सेवा निर्माण कम्पनीले ०७८ साल जेठमा सम्झौता भई ०८१ साल जेठमा निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको भए पनि भवन निर्माण ढिलाई भएको हो।भवन निर्माण समयमै निर्माण गर्न पटक पटक भनेपनि सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको कार्यवाहक अध्यक्ष केसिले जानकारी दिए ।उनले भने हामीले प्रमुख जिल्ला अधिकारी,मन्त्रीलाई ज्युले समेत भवनको बारेमा फोन गर्दा वास्ता नगरेको उनले बताए ।

यस्तै छिटो काम सम्पन्न गराउन पटक–पटक आग्रह गरे पनि ठेकेदारले विभिन्न कारण देखाउँदै काम गर्न ढिलाई गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धर्मराज रेग्मीले गुनासो गरे ।उनले भने सम्झौता भएको दुई वर्ष हुनलाक्दा पनि भवन निर्माण कार्यले गति लिन सकेको छैन।

यता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले काम ढिलाई भएको छ भने सम्बन्धीत कार्यालयले ठेक्का क्यान्सिल गर्नुपर्ने अधिकार भएको बताए । उनले भने यस विषयमा हामिले बारम्बार फोन गर्दा ठेकेदारले काम हुन्छ भन्ने तर भवन निर्माणले गति लिन नसक्नु दुखको कुरा हो ।हामीले निगरानी गरेका छौ” भने जस्तो काम भएन भने कानुन बमोजिम कारबाही हुने बताए ।