☰ open Loading... 26 July 2024|  

जलवायु परिवर्तनले ल्याएको समस्यामा विश्वकै ध्यानाकर्षण हुनुपर्छ : न्यायाधीश प्रधान
  | २६ बैशाख २०८०, मंगलवार ०५:१४

डोल्पा । सर्वोच्च अदालतका न्यायधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर’bout विश्वकै ध्यानाकर्षण हुनुपर्ने धारणा राखेकी छन् ।

जलवायु परिवर्तनको प्रभाव र असर बुझ्न से–फुक्सुन्डो गाउँपालिका क्षेत्र आइपुगेकी न्यायाधीश प्रधानले हिमालमा हिउँ कम पर्दा, बाढी पहिरो जाँदा नेपाललाई मात्र नभै छिमेकी मुलुकलाई प्रत्यक्ष असर पर्ने हुँदा यसलाई साझा समस्याका रूपमा सम्बोधन हुनुपर्ने बताइन् ।

उपसभामुख इन्दिरा रानामगरसहितको टोलीमा फोक्सुन्डो आएकी प्रधानलले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र नेपालको अदालतले यस’bout विभिन्न निर्णय गरेको जानकारी गराइन् ।

‘प्रकृतिको पनि आत्मसम्मान हुन्छ । त्यहाँका समुदाय, जातजातिको भावनाअनुसार संरक्षित हुने अधिकार हुन्छ । यो विषय पनि जलवायु न्यायसँग जोडिएको छ,’ प्रधानले भनिन् ‘नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभै विश्व समुदायको लागि आवश्यक छ ।’

सदरमुकाम दुनै हुँदै माथिल्लो भेग फोक्सुन्डो ताल क्षेत्र पुगेर टोलीले स्थानीयसँग भेटघाट र अन्तक्र्रिया गरी त्यहाँको समस्या केलाएको छ । से–फोक्सुन्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको अन्तक्र्रियामा बोल्दै उपसभामुख रानामगरले जलवायु परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पु¥याएको तर स्थानीयबासीलाई त्यस’bout पर्याप्त जानकारी नभएको धारणा राखिन् ।

‘यो भेगमा जलवायु परिवर्तनले जनजीवनमा ठूलो समस्या छ । प्रकृतिको संरक्षण हुन सकेको छैन । त्यसले पर्यटनलाई प्रभावित बनाएको छ । यसलाई रोक्न सबै मिलिजुली सहकार्य गर्नुपर्छ ।’ साथसाथै फाउन्डेसनले शुक्रबार फोक्सुन्डो ताल परिसरमा आयोजना गरेको कार्यक्रममा रानामगरले भनिन् ।

राष्टिय सभाका सांसद एवं पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुन्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको भन्दै अब न्यायका लागि संसदबाट आवाज बुलन्द गर्ने बताइन् ।

से–फुक्सुन्डो गाउँपालिकाका अध्यक्ष दाबा सन्दुक गुरुङ, सोही गाउँपालिका–८ का वडाध्यक्ष निमा लामासहितले केन्द्रबाट गएको टोलीले ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने, पहिरोलगायत जोखिम न्यूनीकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको मागसहित ज्ञापनपत्र पेस गरेको थियो ।

वन मन्त्रालय, से–फुक्सुन्डो गाउँपालिका, नेपाल टेलिकम, नेपाल, दूरसञ्चार प्राधिकरण, केटीके बेल्ट, डब्लूडब्लूएफसहितको सहकार्य र समन्वयमा भएको उक्त कार्यक्रममा स्थानीयबासीले जलवायु परिवर्तनका असर र समस्या राखेका थिए ।

आयोजक साथसाथैका अध्यक्ष प्रजिता कार्कीले स्थानीय जनताले भोग्नुपरेका समस्यालाई सुझावका रूपमा लिई सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत बताइन् ।