☰ open Loading... 26 July 2024|  

विद्यार्थीलाई झोला र पोशाक वितरण
  | ३ जेष्ठ २०८०, बुधबार १७:५४

दैलेख-नारायण नगरपालिका–३ प्यूसेस्थित जनजागृति आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको छ । नारायण नगरपालिका वडा नं-३,होटल एनके दैलेखका संञ्चालक नन्दकिशोर बस्नेतको आर्थिक सहयोगमा ,सेतो गुराँस बालविकास सेवा  दैलेखको समन्वयमा विद्यालयका कक्षा १ देखि ८ सम्मका करिब १सय१९ जना विद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको हो ।

गरिब जेहेनदार  विद्यार्थीहरुलाई मध्यनजर गरि  सबै बालबालिकालाई पोशाक र झोला सहयोग गरिएको सेतो गुराँस बालविकास सेवा,दैलेखकी निर्देशक राधा मल्लले बताईन् ।

कार्यक्रममा बोल्दै नारायण नगरपालिका-३का वडा अध्यक्ष चन्द्र प्रसाद उपाध्यायले झोला वितरणले विधार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने बताए । पछिल्लो समयमा विद्यालयका विद्यार्थीले झोला अभावमा कापीकिताब बोक्न समस्या भएकाले यो सहयोगले विद्यार्थीलाई ठुलो सहयोग पुग्ने बताए ।

झोला वितरणले विद्यार्थीहरुमा अध्ययनमा थप प्रेरणा मिल्ने भन्दै शैक्षिक गुणस्तरका महत्वपुर्ण भुमिका रहने जनजागृति आधारभूत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हर्क नेपालीले बताए ।

शैक्षिक गुणस्तरका लागि उचित शिक्षासहित आवश्यक शैक्षिक सामग्री समेत आवश्यक हुने भएकाले आफुले ब्यक्तीगत लगानीमा  विद्यालयमा झोला वितरण  गरिएको नन्दकिसोर बस्नेतले बताए ।उनले भने आर्थिक अवस्था कमजोर भएका विद्यार्थिलाई झोला सहयोगले गरिनुले दैनिक पठनपाठनमा सहजता हुने जानकारी दिए ।बस्नेत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पुर्व अध्यक्ष हुन भने अहिले रेडियो धुब्रतारा एफ एम दैलेखका अध्यक्ष समेत हुन ।