दैलेख- बर्षातको समयमा हुन सक्ने जल उत्पन्न प्रकोप सम्बन्धी सम्भावित घटनालाई न्युनिकरण गर्न कर्णाली नदीमा संयुक्त नमुना कृतिम अभ्यास गरिएको छ। नेपाली सेना,सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी नेपाल ,रेडक्रस सोसाइटी दैलेखको संयुक्त टीमले राकम कर्णाली नदीमा संयुक्त नमुना कृतिम अभ्यास गरिरेको हो ।
उद्धारका क्रममा तीव्र गतिमा बगिरहेको पानीमा डुंगा पल्टिंदा कसरी जोगिने ? पानीमा करेन्ट प्रवाह भएको अवस्थामा कसरी बच्ने ? उद्धारकर्मीले उद्धार गर्नुपर्दा कसरी गर्ने ? पानीको सतहमुनि फसेको मृत शरीर उद्धार तथा खोजी गर्छन् ? अभ्यासमार्फत देखाइएको सशस्त्र प्रहरी बल नेपाल आश्रृत गुल्म दैलेखका प्रमुख देवराज बिष्टले जानकारी दिए ।
बर्षातको समयमा हुन सक्ने सम्भावित घटनालाई न्युनिकरण, उद्दार र विपद् सम्बन्धी उपकरणहरुको परिक्षणको लागि कर्णाली नदीमा संयुक्त नमुना कृतिम अभ्यास गरिएको जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गगन हमालले बताए । उनले भने मानवीय तथा प्राकृतिक विपद् आइसकेपछी कसरी उद्दार गर्ने र जोखिम कसरी कम गर्ने भन्ने भन्ने बिषयमा सबैलाई जागरुप बनाएको बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुष्ण बहादुर जिसीले बाढी, डुबान, आगलागी, जस्ता प्राकृतिक विपदको जोखिममा रहेको बताए । प्रदेश सरकार विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा गम्भीर भएर लागेको उनले बताए ।“विपद्लाई रोक्न नसके पनि अभ्यास र सही व्यवस्थापनबाट क्षति कम गराउन सकिन्छ,” उनले भने, “जनधनको क्षति कम गर्न कणाली सरकार लागिरहेको छ।”
कार्यक्रममा तालिम प्राप्त विपद् उद्दार टीमले जल उत्पन्न प्रकोप सम्बन्धी सम्भावित घटनालाई न्युनिकरण र उद्दार कसरी गर्न सकिन्छ भनी कृतिम अभ्यास मार्फत देखाइएको थियो ।घाइतेको प्राथमिक उपचार तथा थप उपचारसम्मको प्रक्रियालाई कसरी आपसी समन्वय र सहकार्यमा सम्पन्न गर्ने लगायतबारे समेत अभ्यास गरिएको छ।