☰ open Loading... 20 October 2024|  

बलात्कार आरोपमा एक युवक पक्राउ
  | १८ जेष्ठ २०८०, बिहीबार ०५:२८

दाङ । दाङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीय स्तरमा युवा वैज्ञानिक भनेर चिनिएका मार्शल रोका एक युवती बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

उनीविरुद्ध  तुलसीपुरकी एक युवतीले जाहेरी दिएपछि पक्राउ गरेको र अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न प्रहरीबाट अनुमति लिइसकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।