☰ open Loading... 19 October 2024|  

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा
  | १८ जेष्ठ २०८०, बिहीबार ०५:३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने औपचारिक भारत भ्रमण बुधबारबाट सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि बुधबार जम्बो टोलीका साथ दिल्ली पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

दुई देशका सम्बन्धलाई नयाँ उचाइमा पु-याउने

प्रधानमन्त्री दाहालको स्वागतमा विमानस्थलमा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । दाहालले परम्परालाई कायम राख्दै पहिलो विदेश भ्रमणका लागि नयाँ दिल्ली रोजेका भए पनि उनको भ्रमणको साइत पदभार ग्रहण गरेको पाँच महिनापछि मात्र जु¥यो । गत १० पुसमा उनी प्रधानमन्त्री बनेका थिए ।

भ्रमणअघि दाहालले संसद्मा सम्बोधन गर्दै समस्या समाधानका लागि विश्वासको वातावरण सिर्जना गरिने बताएका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले ट्वीट गर्दै प्रधानमन्त्री दाहालको भ्रमणले नेपाल भारतको घनिष्ठ र अनौठो सम्बन्धलाई नयाँ गति प्रदान गर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले दिल्ली पुगेर यस भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बताएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा उनले भ्रमण उपलब्धिमूलक हुने बताए । दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । बुधबार उनी मौर्य होटलमा बसेका छन् । बिहीबार हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

दाहालको भ्रमण’bout राजदूत शंकर शर्माले औपचारिक जानकारी गराए । भ्रमण दलमा सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, पाँचजना मन्त्री, करिब १८ जना सचिव तथा सहसहिच र सञ्चारमाध्यमका प्रतिनिधि रहेका छन् । भ्रमणमा ऊर्जा, जलविद्युत्, व्यापार, प्रविधि विकासलगायतका विषयमा छलफल हुने बताइएको छ । भ्रमणका क्रममा मोदी–लेखनाथ प्रसारण लाइन, कसुहा–कटैया डलब सर्किट लाइन तथा नेपालगन्जमा बनेको एकीकृत जाँच चौकीका समेत संयुक्त उद्घाटन गर्ने तयारी भएको बताइएको छ ।

बिहीबार बिहान १० बजे महात्मा गान्धी समाधिस्थल राजघाटमा पुष्पागुच्छा अर्पण गरेसँगै प्रधानमन्त्री दाहाल भेटघाटमा व्यस्त हुनेछन् । बिहीबार नै संयुक्त पत्रकार सम्मेलनको कार्यक्रमसमेत छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग पनि भेट गर्नेछन् ।

‘नेबरहुड फर्स्ट’ नीतिलाई अगाडि बढाउन नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई भ्रमणले निरन्तरता दिएको भारतका अधिकारीहरूले बताएका छन् ।

यसैबीच, भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल उनी बसेको होटल मौर्यमा पुगेका थिए । अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका ’boutमा कुराकानी भएको थियो । प्रधानमन्त्री दाहालले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि भेटवार्ता गरेका छन् ।