☰ open Loading... 19 October 2024|  

क्यान्सरका बिरामी बढ्दै
  | १८ जेष्ठ २०८०, बिहीबार ०५:३८

सुर्खेत । सुर्खेतमा क्यान्सरका बिरामी बढिरहेका छन् । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्ष २०७९र८० मा हालसम्म जिल्लामा दुई सय ३८ जना क्यान्सरका बिरामी फेला परेको जनाएको छ । कार्यालयका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका छन् ।

यो वर्ष वीरेन्द्रनगर नगरपालिकाबाट क्यान्सरका ३६ जना बिरामीले सहुलियतका लागि सिफारिस लिएका छन् । यस्तै लेकबेसी नगरपालिकाबाट ३० जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।

उपचारमा सहुलियत पाउन थालेपछि क्यान्सरका बिरामीहरू खुल्न थालेको कर्णाली प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। केएन पौडेलले बताए । उनका अनुसार उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको सङ्ख्या पनि वृद्धि भएको छ ।

उहाँले परीक्षण गरिएकोमा दैनिक रुपमा ३र४ जना क्यान्सरका बिरामी भेटिने गरेको जनाउनु भयो । उहाँका अनुसार उपचारका लागि अस्पतालमा आएका झन्डै ३० प्रतिशत महिलाहरूमा क्यान्सरको समस्या देखिने गरेको छ । २० प्रतिशत पुरुषमा समेत समस्या देखिने गरेको उनले बताए।