☰ open Loading... 5 February 2025|  

सिलाई कटाई तालिम सम्पन्न
  | २२ जेष्ठ २०८०, सोमबार १८:१३

 

दैलेख –नारायण नगरपालिकाले सञ्चालन गरेको सिलाई कटाई तालिम सम्पन्न भएको छ ।आर्थिक समृद्धिको आधार लघु उद्यममा निर्भर भन्ने मुल नाराका साथ सञ्चालन गरिएको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम–(मेडपा) अन्तरगत नारायण नगरपालिका उद्यम विकास शाखाको आयोजनामा संञ्चालन गरिएको सिलाई कटाई तालिम वडा नं- ७ किमुगाँउमा एक कार्यक्रमको आयोजना गरि आज सम्पन्न भएको हो ।

यस्ता खालका स्वरोजगारमूलक ज्ञान र सीपले गांउ टोलको मात्र नभएर सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पूग्ने उदेश्यले तलिम संञ्चालन गरिको नारायण नगरपालिका उद्यम विकास शाखाका प्रमुख लिलाराम ताम्राकारले बताए ।उनले भने वेरोजगार महिलाहरुलाई सिप मुलक तालिम प्रदान गरी रोजगार श्रृजना गर्ने उदेश्यले ६५दिने सिलाई कटाई तालिम प्रदान गरिएको उनले बताए।

No description available.

 

यस्तै नारायण नगरपालिका वडा नं- ८ का वडा अध्यक्ष गोपाल कुमार बिशीले विपन्न महिलालाई स्वरोजगार बनाउने उदेशयले तालिम प्रदान  गरिएको  र  वितरण गरिएको मेसिनलगायतको सामाग्रीले आयआर्जनमा सहयोग पुग्ने बताए ।

उनले भने वडामा थुप्रै सिप मुलक तालिम प्रदान गरिसकेको वताउदै अन्य तालिम जस्तै यस तालिमलाई पनि तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैमा आग्रह गरे ।तालिममा १० जना अति विपन्न  महिलाको सहभागिता रहेको थियो ।