| २८ जेष्ठ २०८०, आईतवार ०४:५८
काठमाडौं। अहिले बजारमा लिच्चीको मौसम छ । तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन?बजारमा अहिले लिच्ची छ्यापछ्याप्ती पाइन्छ । यो स्वास्थ्यका लागि लाभदायक हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ ।
तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिकै आएका छन् । जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ ।
त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस् कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन ।
यदी निकै सफा लिची छ भने मान्नुहोस्, त्यसमा केमिकल हालिएको छ ।साथै, आकारमा ठुलो पनि छ भने पनि त्यसमा केमिकल मिसाईएको छ ।
यस्तै लिच्ची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुघ्नुहोस्, यदी गन्हाएको छ भने मान्नुहोस, त्यो लिच्ची खराब छ ।