☰ open Loading... 26 July 2024|  

राष्ट्रपति पौडेललाई हृदयघात
  | ३१ जेष्ठ २०८०, बुधबार ०५:०१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । मङ्गलवार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल गङ्गालाल हृदय रोग केन्द्र पुगेका थिए ।

पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएको पाइएको छ । उनको मुटुको दाहिनेतिरको नशाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । राष्ट्रपति पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायतका समस्या भएपछि अस्पताल पुगेका थिए ।