| ३१ जेष्ठ २०८०, बुधबार ०५:०८
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला संयोजकको जिम्मेवारी टिकाराम विकलाई दिइएको छ ।
सोमबार बसेको विशेष भेलाबाट विक सर्वसम्मत रुपमा संयोजक चयन भएका हुन् । यसअघि जगत शाही संयोजक थिए ।
उनले विगतको अनुभवलाई संगाल्दै आगामी दिनमा अखिलको संगठनलाई बलियो र स्थापित गराउने प्रतिबद्धता जनाए ।
उनी पेशाले इञ्जिनियर हुन् । समाज सेवामा समेत अग्रसर उनी ०७२ मा भूकम्पले क्षतिग्रस्त पुर्वका जिल्लाहरुमा भएर पुनः निर्माणको काममा खटिएका थिए । त्यो बेला प्राविधिक भएर काम गरेका उनले सहरी विकास तथा भवन निर्माण कार्यालयमा समेत प्राविधिक भएर काम गरेका थिए ।