☰ open Loading... 20 September 2024|  

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  | ८ असार २०८०, शुक्रबार ०५:३०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडक निर्माण गर्दा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको मोलुंग गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठसहित जनप्रतिनिधी र उपभोक्त समीतीका पदाधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

यादवविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनीयर कृष्णप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादवविरुद्ध रु एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० बराबरको बिगो जरिवाना, कैद सजायकोसमेत माग गरेको छ ।

प्राधिकरणको विभिन्न कार्यालयमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका यादवको वैध आय रु एक करोड ७१ लाख ४६ हजार ४४ बराबर देखिन्छ ।

इञ्जीनीयर यादव २०७९ जेठ १ गतेसम्म सेवामा रहेको पाइएको छ । सो अवधिमा रु तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।
वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ । वैध आय भन्दा बढी रहेको रु एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० बराबरको बिगो कायम गरिएको आयोगले जनाएको छ ।

उक्त मुद्दामा इन्जिनियर माधव निरौला, खसीस्टेज्ट सव-इन्जिनियर शिव प्रसाद अधिकारी, लेखा अधिकृत प्रबल घिमिरे, नासु वोदन केसी, तत्कालीन गाउँपालिका उपाध्यक्ष हेम कुमारी तामाङ, वडाध्यक्ष टङ्क बहादुर कार्की, तत्कालीन वडा सदस्य ओम बहादुर राई र सडक निर्माण उपभोक्ता समिति अध्यक्ष दिपेन्द्र राई, सचिव भक्तराज राई र कोषाध्यक्ष ननमाया राईविरुद्ध पनि मुद्दा दायर गरीएको अख्तिीयारका प्रवक्त भोला दाहालले बताए ।