☰ open Loading... 5 February 2025|  

विद्यार्थीलाई ट्राफिक सचेतना
  | १३ असार २०८०, बुधबार ०८:०६

 

दैलेख- जिल्ला ट्राफिक कार्यालय दैलेख विद्यालयमा पुगेर ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले विद्यालयमा नै पुगेर विद्यार्थीहरुलाई ट्राफिक नियमका बारेमा कक्षा संञ्चालन गरी जानकारी दिन थालिएको दैलेख ट्राफिक प्रमुख भिम बहादुर खत्रीले बताए ।

उनले भने मंगलबार दैलेख बजारमा रहेको मोडेल स्कुलका छात्र छात्रालाई ट्राफिक नियम सम्बन्धी सचेतना तालिम दिएको जानकारी दिए। विद्यार्थीहरु बस द्वारा विद्यालय जाने आउने भएकाले ट्राफिक नियम आवश्यक भएको महसुस गरी कार्यालयले सो कार्यक्रम आयोजना गरेको उनले बताए।

दैलेख ट्राफिकले सचेतना सम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ।जिल्लाका विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना कार्यक्रम जारी रहने ट्राफिक प्रमुख खत्रीले बताए ।