☰ open Loading... 19 November 2024|  

यसरी मनाइयो दैलेखमा राष्ट्रिय धान दिवस
  | १५ असार २०८०, शुक्रबार २१:००

 

यामराज बिष्ट
दैलेख । दैलेखमा विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइएको छ । ‘‘जलबायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ नाराका साथ’ भन्ने नाराका साथ सहित शुक्रबार नारायण नगरपालिका दैलेख ,कृषि विकास कार्यालय दैलेखको आर्थिक सहयोगमा, हाम्रो गौरब वहुउद्देश्य सहकारी संस्थाको आयोजनमा नारायण नगरपालिका वडा नं  -९ स्थित गैरा खेतमा२०औं राष्ट्रिय धान दिवस मनाएको हो।

 

दैलेख जिल्लामा आवश्यक कृषि उत्पादन बढाउन तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम आगमी दिनमा ल्याउने कृषि विकास कार्यालय दैलेखका नित्तित कार्यालय प्रमुख दशरथ पाण्डे बताए ।

 

No description available.

 

यस्तै कृषिबाटै मुलुकको उन्नति हुने भएकाले किसानले अझै बढी चासो दिनुपर्ने नारायण नगरपालिका वडानं- ९ वडाध्यक्ष महेन्द्र विक्रम खड्काले बताए।धान दिवसको अवसरमा धान खेतीको उब्जनी बढाउनका लागि अरू धेरै लगानी गर्ने तयारी रहेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले धानको उत्पादकत्व बढाउन सकिने प्रशस्त सम्भावना समेत रहेको भन्दै कृषिनै देश बिकासको आधार भएको बताए ।उनले भने पालिकाहरुले पनि उत्पादकत्व कसरी बढाउन सकिन्छ अभियानका रुपमा लगे राष्ट्रिय धान दिवस मनाएको सार्थकता हुने बताए ।

No description available.

 

नगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा जानकारी दिए ।उनले भने दैलेखमा धानमा आत्मनिर्भर बन्न पालिकाले महत्वपुर्ण खेल्ने बताए ।कार्यक्रममा सहकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।