| १७ असार २०८०, आईतवार १८:४९
दैलेख- नारायण नगरपालिका दैलेखले मासु व्यवसायीलाई डि फ्रिज वितरण गरेको छ । आईतबार एक कार्यक्रमका बीच दैलेख सदरमुकाममा मासु व्यवसायी गर्दै आएका ५जना मासु व्यवसायीलाई फ्रिज वितरण गरिएको नारायण नगरपालिका पशु सेवा शाखाका प्राविधिक चित्र प्याकुरेलले जानकारी दिए । ३०प्रतिशत अनुदानमा मासु व्यवसायलाई डि फ्रिज वितरण उनले बताए ।
सर्वसाधारणलाई विक्री गर्ने मासु एवं पसल स्वच्छ र सफा राख्ने हेतुका साथ प्रोत्साहन स्वरुप डि फ्रिज वितरण गरिएको नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत भक्त मल्लले बताए ।