☰ open Loading... 7 September 2024|  

भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने
  | ३१ असार २०८०, आईतवार ०५:५८

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने बताएका छन्।

बुधबार सिंहदरवारमा मनसुनजन्य विपत्बाट विभिन्न जिल्लामा भएको क्षेतीको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्।

उनले बाढी पहिरोको कारण क्षती भएको सडक,पुल क्षती भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति सरकारले योजना बनाउने बताए। बिहीवार सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेर सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णय लिने उनको भनाइ छ। उनले जनप्रतिनिधिहरुसँगको छलफलमा तत्काल गर्नुपर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउँने तयारी रहेको बताए।

उनले भने,‘पूर्वी जिल्लाहरुमा आएको बाढी पहिरो प्रभावित क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टिम चाँडै स्थलगत अनुगमनमा जाँदैछौ। प्रधानमन्त्रीसँगको अनुगमनमा स्थलगत रुपमा प्रभावित क्षेत्रमा पुग्न सकेनौ। बाढी पहिरोले सडक,पुल क्षती भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति सरकारले के कदम चाल्नुपर्ने काम गछौं। बिहीवार सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरुसँग सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णयको लागि बैठक बस्दैछौं । बैठकले तत्काल गर्नु पर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउँछौं। बाढी पहिरोले अहिलेसम्म सडक पुलहरुमा बढी क्षती गरेको छ । बाढी पहिराले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङ जिल्ला जोडिने सडक मार्ग पूर्णरुपमा बन्द भएको छ। त्यही स्थानमा तत्काल पुल निर्माण गर्ने भनेर काम भइरहेको छ। सबै भन्दा पहिला मेची राजमार्ग खोल्नुपर्छ।’

उनले बाढी पहिरोले अहिलेसम्म सडक पुलहरुमा बढी क्षती गरेको भन्दै हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङ जिल्ला जोडिने सडक मार्ग पूर्णरुपमा बन्द भएको बताए। उनले हेवाखोलमा तत्काल पुल निर्माण गर्ने भनेर काम भइरहेको बताए।