☰ open Loading... 26 July 2024|  

सीप सिकेर आत्मनिर्भर
  | १२ श्रावण २०८०, शुक्रबार ०६:०२

 

यामराज बिष्ट
दैलेख ः नारायण नगरपालिका–१ का १८बर्सिया जीवन नेपाली केही वर्ष अघिसम्म रोजगारीका लागि भारत जाने गर्थे ।रोजगारीका लागि भारत जानु उनको रहर थिएन,उनको बाध्यता थियो । कारण थियो – घर खर्च जुटाउन । रोजगारीका लागि भारत नगई उनको परिवारको खर्च टर्दैनथ्यो ।

तर दाजुभाई मिलेर दैलेख बजारमा हेयर कटिङ्ग सेन्टर संञ्चालन गरेपछि भने उनको दैनिकी राम्रोसंग चलेको छ । पछिल्लो समयमा सिप सिकेपछि भारत जाने बाध्यता हटेको उनले बताए।स्वदेशमै रोजगार छैन् भन्नेलाई सीप सिप सिकेपछि गतिलो उदाहरणका पात्र जीवन बनेका छन् ।घर परिवारको खर्च जुटाउन भारत जानुपर्ने बाध्यता थियो अहिले आफ्नै ठाँउमा सिप सिकेपछि भारत जाने बाध्यता हटेको उनको भनाई छ ।

रोजगारीको शिलशिलमा भारत जानुपर्ने अर्काको देशमा धेरै दुख गर्नपर्ने अहिले आफै ठाउँमा हेयर कटिङ्ग सेन्टर सञ्चालन गर्दा सहज भएको उनले बताए ।
दिनप्रतिदिन बिदेसिने युवा–युवतिको सख्या बढ्दै गएको बेला नारायण नगरपालिका–१ रातामाटेका जीवन नेपाली र पुरन नेपालीले पछिल्लो समयमा दाजुभाइ मिलेर हेयर कटिङ्ग सेन्टर सञ्चालन गरी स्थानीय स्तरमै रोजगारीमा लागेका छन् ।

आफ्नो ठाँउ भनेको आफ्नो ठाँउ हो, सुख–दुःख परेको बेला एक अर्कालाई सहयोग गर्ने त छदैछ । घरका परिवार सगै बसेर आफनो व्यवसाय पनि चलिरहेको छ, घरको काम पनि भइरहेको छ, उनले भने ।’
यस्तै स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाको सहयोगमा हेयर कटिङ्ग व्यवसायमा लागेका २३ बर्सिया पुरन नेपाली समेत अहिले आफ्नै ठाउँमा खुसी छन् । कक्षा १० पास गरेका उनले गरिबीका कारण माथिल्लो कक्षा अध्ययन गर्न नपाउँदा ज्याला मजदुरी गर्न बाध्य थिए ।
एक वर्ष अघि घाँस काट्न जाँदा रुखबाट खसेर शक्त घाइते भएका उनलाई जिन्दगी कसरी चलाउने भन्ने चिन्ताले पिरोल्ने गर्थ्यो । रुखबाट खसेर आन्द्रा फुटे पछि अन्य काम गर्ने सक्ने अवस्था नभएको पुरनले बताए ।

आठ जनाको परिवारको जिम्मेवारी काँधमा थियो, स्थानीय सरकार र सङ्घ संस्थाको सहयोगमा तालिम लिए पछि दाजुभाई मिलेर हेयर कटिङ्ग सेन्टर सञ्चालन गरेका छौँ, अब केही हुन्छ की भन्ने आट पलाएको छ’, पुरनले भने ।

देलेख बजारमा हेयर कटिङ्ग सेन्टर खोलेका उनीहरुले अहिले मासिक २० हजार भन्दा बढी कमाई हुने गरेको बताउँछन् ।फेरि विदेश जानुभन्दा यहि केहि गर्नुपर्छ भन्ने लाग्यो, त्यसपछि हेयरकटिङ खोल्ने सोच बनाए पुरनले भने,–नारायण नगरपालिका–१ र यहाँको एभेष्ट क्लब दैलेखको सहयोगमा सुर्खेतमा ३९० घण्टे हेयर कटिङ्ग तालिम सिकेको बताए । दाजुभाई हेयर कटिङ्ग सेन्टर सञ्चालन गरेर व्यवसायीमा होमिएका पुरन र जीवनको आफ्नै ठाउँमा अन्य युवाकालाई रोजगारी दिने लक्ष्य राखेका छन् ।

ह्रेयर कटिङ्ग व्यवसाय सञ्चालनका लागि नारायण नगरपालिका–१ ले ४० हजार र एभरेष्ट क्लब दैलेख पावर परियोजना मार्फत ५० हजार आफ्नै २५ हजार लगानीबाट ह्रेयर कटिङ्ग व्यवसाय सञ्चालन गरिएको जीवन नेपालीले बताए ।