☰ open Loading... 20 September 2024|  

सुर्खेतमा सात करोड लगानीमा नयाँ होटल खुल्यो
  | १६ श्रावण २०८०, मंगलवार २१:४०

सुर्खेत– सुर्खेतका व्यवसायी चिन्तामणि शर्माले अशोका अर्गानिक होटल सञ्चालनमा ल्याएका छन् । उनले मंगलबारदेखि वीरेन्द्रनगर १० शान्तिनगरमा अर्गानिक खाना परिकार विशेषतासहितको होटल एण्ड लज सञ्चालनमा ल्याएका हुन् ।

व्यवसायी शर्माले विगत एक दशकदेखि अशोका ब्राण्डमा होटल व्यवसाय गर्दै आएका छन् । अशोका अर्गानिक होटलको उद्घाटन कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले गरे । उद्घाटन कार्यक्रममा एमाले नेता यामलाल कँडेल, गेहेन्द्र दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापा, कृषि प्रसार अधिकृत धनबहादुर कठायत, कृषि विज्ञ राजु भुजु, पत्रकारहरु लगायतको उपस्थिति थियो ।

व्यवसायी शर्माले होटल मेनुमा कर्णालीका रैथाने अन्नका परिकारहरु खान पाइने बताए । उनका अनुसार करिब ७ करोड लागतमा आफ्नै जग्गामा २० कोठासहितको सुविधाजनक होटल सञ्चालनमा ल्याइएको हो । कर्णाली सरकारले अर्गानिक प्रदेशको घोषणा गरेको, सरकारले अर्गानिक खाद्य वस्तुलाई प्रर्वद्धन गरेकाले आफूले अर्गानिक परिकारलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।