☰ open Loading... 18 October 2024|  

सशस्त्र प्रहरी संग ट्राफिक प्रहरी
  | २४ श्रावण २०८०, बुधबार ०५:४२

दैलेख –सशस्त्र प्रहरीका अधिकृत र जवानलाई लक्षित गरी ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सुरु गरेको छ । दुर्घटना न्युनिकरण र सवारी व्यवस्थापनका लागी जिल्ला ट्राफिक कार्यालय दैलेखले सचेतना कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय दैलेखले सशस्त्र प्रहरी बल आश्रीत गुल्ममै पुगेर सचेतना कक्षा संचालन गर्न थालेको छ ।सशस्त्र प्रहरीले समेत ट्राफिक नियमको विषयमा जानकार हुनुपर्ने भन्दै जिल्ला ट्राफिक कार्यालय दैलेखले सचेतना अभियान थालेको हो।

सचेतना कक्षामा दुर्घटना न्युनिकरण, सडक सुरक्षा र सवारी व्यवस्थापन निम्ति सशस्त्र प्रहरीको भूमिका र सहकार्यको विषयमा जानकारी गराइएको दैलेख ट्राफिक प्रमुख भिम बहादुर खत्रीले बताए ।