☰ open Loading... 26 July 2024|  

एमाले नेताहरूसमेत बोकेर जनकपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता
  | १३ भाद्र २०८०, बुधबार १०:००

काठमाडौं । बुद्ध एयरको जहाज जनकपुर अवतरण नभई काठमाडौं फिर्ता भएको छ । नेकपा एमाले नेताहरुसमेत चढेको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको हो ।

सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरालगायतका नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए । तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् ।

अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएको जानकारी गराएर काठमाडौं नै फर्काएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए । ‘करिब २३ मिनेट उडेपछि विमानमा खराबी आयो भन्ने सूचना दिइयो,’ उनले भने, ‘अहिले हामी काठमाडौं विमानस्थलमा छौं ।’