☰ open Loading... 18 October 2024|  

जनैपूर्णिमा र गाईजात्रा आजै
  | १४ भाद्र २०८०, बिहीबार १०:००

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ। समितिले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष तिथि घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन पर्न गएको जनाएको हो ।

बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण सोहीदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समेत समितिले आग्रह गरेको छ । समितिका अनुसार बुधबार ११:२८ घडी अर्थात् १०:१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ ।

बिहीबार ५:१८ घडी मात्रै पूर्णिमा रहेको जनाएको छ । सोहीकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन्। उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ ।