| २३ भाद्र २०८०, शनिबार १९:५४
खाडाचक्र नगर पालिका–१ मान्म बजारबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमाछोरा नेपालगञ्जमा भेटिएका छन् । पतिसँग झगडा परेर कालीकोट जिल्ला अदालतमा अंशमुद्दा हालेकी सान्नीत्रिवेणी–१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता थिए ।
उनी मान्म बजारमा व्यववसाय गर्दै आएका दैलेख भगवतीमाई-५ कट्टीका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । बिहीबार राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा बिहान नभेटिएपछि कुनै घटनामा परेको शंका भएको थियो । उनीहरु शनिबार दिउँसो नेपालगञ्जको कारकोदोबाट सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।