☰ open Loading... 18 October 2024|  

वादी समुदाय पुगे वडा कार्यालयमा
यामराज बिष्ट   | २५ भाद्र २०८०, सोमबार ०५:२९

दैलेख –दैलेखका वादी समुदायले आफ्नो नाममा जग्गा उपलब्ध गराइदिन माग गरेका छन्।आईतबार नमुना बस्तीका वादी समुदायले नारायण नगरपालिका वडा नं -१को वडा कार्यालयमा पुगेर जमिनको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनको लागि भूमि आयोग,वडा कार्यालयमा पुगेर आग्रह गरेको नमुना बस्तीका कमला वादीले बताइन् ।

उनले भनिन् केही छुटेका हुनुहुन्छ,भारत बाहिर जानु भएका वादी समुदायलाई एक पटक सुचना निकालेर स्थानीय सरकार, भूमि आयोगले व्यवस्थित बसोबासको लागी जमिन मिलाउनआग्रह गरेको जानकारी दिईन् ।

हाम्रो बस्ती जोखिम भएकाले व्यवस्थित बसोबासको सहित जीविकोपार्जनको माध्यम केही नभएको जनाउँदै खेतीयोग्यमिनको समेत आवश्यकता भएको जमिनको माग समेत गरेको उनले बताईन् ।

No description available.

यस्तै नारायण नगरपालिका वडा नं- १का वडाध्यक्ष शैलेश श्रेष्ठले नगर क्षेत्रका छुटेका भूमिहीन परिवारलाई जग्गा दिलाउने आफू प्रतिवद्ध रहेको बताए।प्रक्रिया बुझन भूमि आयोगमा भनेका र्छौ आफूले वडा कार्यालयबाट छुटेका भूमिहीनलाई जग्गा प्रदानको लागी पहल गरेको जानकारी दिए।

अध्यक्ष श्रेष्ठले नारायण नगरपालिकामा -१मा ३२सुकुम्बासी जना भूमिहीन दलित३० जना भूमिहीन २जना अव्यवस्थित४१जनाबसोबासी रहेको बताए।कतिपयको नाममा जग्गा देखिएकाले समस्या देखिएको बताए।भूमिहीन सुकुम्बासीलाई नाम छुटेकालाई जग्गा दिने पहल अगाडि बढाउने उनले जानकारी दिए।

No description available.