☰ open Loading... 16 September 2024|  

कर्णाली प्रदेश व्याडमिन्टन संघको संयोजकमा शाही
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार १०:३१

कर्णाली प्रदेशमा पनि व्याडमिन्टन संघको स्थापना भएको छ । आज सम्पन्न भेलाले प्रदेश व्याडमिन्टन संघको संयोजकमा टक्कबहादुर शाहीलाई चयन गरेको हो । कर्णालीका दश जिल्ला मध्ये हाल सात ओटा जिल्लाबाट उत्तः संघमा प्रतिनिधित्व भएको बताइएको छ ।

हाललाई उक्त भेलाले संयोजक र सदस्य मात्रै तोकेको हो ।

हुम्लाबाट संयोजकका रुपमा शाही चुनिएका छन भने कालिकोटबाट वीरेन्द्र बहादुर शाही सदस्यमा चुनिएका छन् । यस्तै सदस्यहरुमा दैलेखबाट विनोद कुमार मल्ल, जाजरकोटबाट जनक भँडेल, रुकुम पश्चिमबाट डम्बर थापा, सुर्खेतबाट महेश केशर खनाल,र सल्यानबाट भरत कुमार बस्नेत चयन भएको बताइएको छ ।