☰ open Loading... 27 July 2024|  

प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार १७:२१

गायक एवं सर्जक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा पुगेको छ।

‘कुरा बुझ्न पर्च’ को दोस्रो भागको रूपमा सार्वजनिक गरिएको गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबको शीर्ष स्थानमा पुगेको हो।

गायक सपूतको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन्।

गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, नायक गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ।

आरन प्रोडक्सनले प्रस्तुत गरेको उक्त गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट शनिवार राति सार्वजनिक भएको हो।