☰ open Loading... 22 September 2023|  

वीरगञ्जको बाल सुधारगृह रातभर तनावग्रस्त
पश्चिम नेपाल   |

पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा तनाव उत्पन्न भएको छ।

मंगलबार साँझ वीरगञ्ज महानगरपालिका-४ विर्तामा रहेको बाल सुधार गृहमा दुई समूहबीच झगडा भएपछि स्थिति तनावपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

उनका अनुसार भक्तपुर सुधार गृहबाट वीरगञ्ज पठाइएको समूह र त्यहीँ रहेको समूहबीच मंगलबार साँझ झगडा भएको थियो।

दुई समूहको झगडाले सुधारगृह भित्र स्थिति तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको थियो।

‘तर, उनीहरू प्रहरीमाथी नै ढुंगामुढामा उत्रिए,’ डिएसपी थापाले भने।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुधार गृहका ११ जना र तीन प्रहरी घाइते भएको डिएसपी थापाले जानकारी दिए।

अहिले पनि स्थिति नियन्त्रणमा नआइसकेकाले आफू फिल्डमै रहेको उनले बताए।

भक्तपुर बाल सुधार गृह तोडफोड गरी भागेका मध्ये १८ जनालाई वीरगञ्ज स्थानान्तरण गरिएको थियो। अहिले सो सुधारगृहमा १५७ जना बालबालिका छन्।

!-- .entry-content -->