☰ open Loading... 19 September 2024|  

चट्याङ लागेर एक जनाको मृत्यु
पश्चिम नेपाल   | २८ भाद्र २०८०, बिहीबार २१:२०

दैलेख ः दैलेखको महावु गाउँपालिका–१ खरिगैरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ परेको चट्याङ लागेर महाबु गाउँपालिका–१ खरिगैरा वस्ने ४२ वर्षिया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाईते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक शिव विष्टले बताए ।

चट्याङ लागेर अन्दाजी १६ जना घाईते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।