☰ open Loading... 22 September 2023|  

कर्णालीमा एमआरआई मेसिनबाट सेवा सुरु
पश्चिम नेपाल   |

कर्णाली प्रदेश अस्पताल सुर्खेतले नेपालकै सबैभन्दा उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ ।

अस्पतालले लामो समयको गृहकार्यपछि २९ करोड ७१ लाख रुपैयाँको एमआरआई मेसिन खरिद गरेर शुक्रवारबाट सेवा सुरु गरेको हो । दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरू सञ्चालन गरिएको हो ।

आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ। एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातु, मोबाइल, फोन, घडी, क्रेडिट कार्ड तथा विद्युतीय उपकरण एमआरआई गरिएको स्थानमा लैजान मिल्दैन ।

!-- .entry-content -->