☰ open Loading... 5 February 2025|  

वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
पश्चिम नेपाल   | ३० भाद्र २०८०, शनिबार ०५:५५

 

हिमेन्द्र विक दैलेख -५९ औं राष्ट्रिय बाल दिवशको अबसरमा हिमालय माध्यमिक विद्यालय तिज डाँडामा वडा स्तरीय  वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा नं- १ को आयोजना र एबरेष्ट कलव दैलेखको आर्थिक सहयोमा वडा स्तरीय वडा बाल क्लवस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न हो।

उक्त प्रतियोगितामा बोल्दै कर्णाली प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहिले दिबशको शुभकामना दिदै बालबालिका भविष्यको कर्णधार हुन बालबालिका लाई राम्रो शिक्षा दिनु पर्ने बताए । स्थानिय सरकारले शिक्षा क्षेत्रमा बजेट बढाउनु पर्ने बताए।

यस्तै बालबालिको लागि वडाबाट जस्तो सुकै काम गर्न पनि तयार भएको चामुण्डा बिन्द्रासैनि नगरपालिका वाड न १ का वडा अध्यक्ष उदे कामिले बताए।उनले बालबालिका भोलिको र्कणधार सँगै आजको साझेदार भएको बताउदै वडामा सबै किसिमका व्यक्तिहरुको बसोबास रहेको र समाज विकसित बनाउन उनीहरु सबैको भूमिका बराबरी रहेको धारणा राखे ।

बालबालिकाको लागि शिक्षा अतिआबश्यक भएको हिमालय माध्यामिक बिद्यालय का प्रधानाध्यापक हर्क बिकले बताए। प्रतियोगितामा आन्दह माध्यामिक बिद्यालय र हिमालय माध्यामिक बिद्यालयका बिद्यार्थी ,बाल क्लवले भाग लिएका थिए।