☰ open Loading... 26 February 2025|  

डा.पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक
पश्चिम नेपाल   | ९ आश्विन २०८०, मंगलवार १३:११

स्वास्थ्य सेवा बिभागमा कार्यरत डा. निरन्जन पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक भएको छ। आफैं स्वर शब्द संगीतमा रहेको गीतको भिडियो सहित सार्वजनिक भएको हो।
गीत सबै खाले संगीत पारखीहरुको रोजाई बन्न सक्छ। किन भने गीतमा लोक, आधुनिक र शास्त्रीय संगीतको फिउजन गरिएकाले बिल्कुल नयाँ स्वादको गीत रहेकोले सबै खाले श्रोता दर्शकले रुचाउने विश्वास गरिएको छ। डा. पन्त लामो समय देखि नेपालका दुर्गम गाउँ वस्तीहरुमा स्वास्थ्य सेवा दिँदै आएका चिकित्सक हुन।
उनले नेपालका चर्चित गायक तिलक सिंह प्यालासँग संगीतको ज्ञान ग्रहण पछी पहिलो गीत बजारमा ल्याएका हुन। आफ्नो जीवनको पहिलो प्रयास भएकोले सम्पूर्ण साथी भाइ इष्टमित्र दर्शन श्रोता लाई एक पटक गीत सुन्न र हेर्न समेत सामाजिक सञ्जाल मार्फत गायक पन्तले आग्रह गरेका समेत छन्।

भिडियो मा सृष्ठी महर्जनको उत्कृष्ट अभिनय रहेको छ। भने डा. निरन्जन पन्त अफिसियल च्यानलबाट गीत रिलिज गरिएको छ ।