☰ open Loading... 18 May 2024|  

६ सय ४ जना प्रतिनिधि सहभागी
पश्चिम नेपाल   | १० आश्विन २०८०, बुधबार २१:३१

नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन सुरु भएको छ।

अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट गरी ६ सय ४ जना अधिवेशन प्रतिनिधिले भाग लिंदै छन् ।
बुधबार दिउँसो १ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी अपराह्न सवा ३ बजेदेखि सुरू भएको हो।

अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली सुर्खेत आएका थिए ।

वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको अधिवेशनमा ५ हजार बढी नेता तथा कार्यकर्ता सहभागी प्रदेश कमिटीले जनाएको छ।
अधिवेशनमा सहभागी प्रतिनिधिमध्ये १ सय ९५ जना महिला छन् भने समावेशी रुपमा १ सय ११ जना दलित प्रतिनिधि रहेका छन्।