☰ open Loading... 15 September 2025|  

दलित संघको अध्यक्षमा सुर्खेतका विश्वकर्मा मनोनीत
पश्चिम नेपाल   | १३ आश्विन २०८०, शनिबार १९:२५

नेपाली कांंग्रेसको भ्रातृ संस्था दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शनिबार विश्वकर्मालाई अध्यक्षमा मनोनीत गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १० साउनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार सुर्खेतका विश्वकर्मालाई नियुक्त गरिएको हो। उक्त बैठकले महाधिवेशन हुन नसकेका भ्रातृ संस्थालाई विघटन गरेर तदर्थ समिति बनाउने निर्णय गरेको थियो।