पश्चिम नेपाल | १४ आश्विन २०८०, आईतवार १२:४१
वीरेन्द्रनगरमा शनिवार भएको मोटरसाइकल दुर्घटनाबाट बालकको मृत्युको विषयलाई लिए बालकका आफन्तले कर्णाली राजमार्ग पनि अवरूद्ध गरेका छन् । कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठवीस नगरपालिकास्थित खिड्कीज्यूला सडक खण्ड अवरुद्ध गरेका हुन् ।
दुर्घटना गराउने ब्यक्ति पक्राउ नगरेको भन्दै खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द गरिएको जनाईएको छ ।
खिड्कीज्यूलाका स्थानीयहरुले दोषी पक्राउ नपर्ने बेलासम्म राजमार्ग भएर कालिकोट, हुम्ला, मुगु र जुम्ला जाने कुनै पनि गाडीहरु प्रवेशमा रोक लगाईने बताए ।
दुर्घटनाको दोषी पत्ता नलाग्ने बेलासम्म कर्णाली राजमार्ग पूर्ण रुपमा बन्द गरिने स्थानीय दिलबहादुर थापाले बताए । वीरेन्द्रनगरमा दुर्घटनामा मृत्यु हुने बालक खिड्कीज्यूलाका स्थानीय हुन् ।