☰ open Loading... 18 March 2025|  

जुम्लामा पहिलो पटक स्याउ प्रशोधन मेसिन सञ्चालनमा
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार ०६:४८

जुम्लामा स्याउ प्रशोधन तथा ग्रेडिङ लागि पहिलो पटक ग्रेडिङ मेसिन सञ्चालनमा ल्याइएको छ।

जुम्लाको गुठिचौर-५ मा अवस्थित गुठिचौर एग्रो फर्म प्रालिले ग्रेडिङ मेसिन ल्याएर स्याउको प्रशोधन थालेको हो।

पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार ग्रेडिङ मेसिन उद्घाटन गर्दै गुणस्तरीय स्याउको निर्यातमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

ग्रेडिङ मेसिनले स्याउको आकार छनौट गरेर मूल्य निर्धारणमा सघाउ पुर्‍याउने बताइएको छ। गुठिचौर एग्रो फर्मले उच्च घनत्वको स्याउ ३ हजार ८ हजार बिरुवा रोपेको छ। यस वर्ष दुई लाखभन्दा बढी केजी स्याउ उत्पादन हुने अनुमान गरिएको छ।

जुम्लामा कुल ४ हजार २ सय ५० हेक्टरमा स्याउ रोपिएको छ। तर ग्रेडिङ मेसिन नहुँदा स्याउको ग्रेडिङ हुन सकेको थिएन। गुठिचौर एग्रो फर्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारी स्याउको ग्रेडिङ भइरहेको बताए।

उनका अनुसार ग्रेडिङ मेसिनले सुपर, ग्रेड ए, बी र सी आकारमा ग्रेडिङ गर्नेछ। ग्रेडिङ मेसिन जुम्लासम्म पुर्‍याएर जडान गर्दा झण्डै ३८ लाख रकम खर्च भएको उनले बताए।

यसअघि जिल्ला सहकारी संघ जुम्लामा ग्रेडिङ मेसिन ल्याए पनि सञ्चालनमा आउन सकेको थिएन। ग्रेडिङ मेसिन नहुँदा किसानहरुले जथाभावी स्याउ प्याकिङ गरेर पठाइएका थिए।