☰ open Loading... 20 September 2024|  

एमाले कर्णालीको समयमा मतगणना भएन
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार ०९:१२

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज विहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो ।

त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू गर्ने भनिएपनि अहिलेसम्म पनि मतगणना सुरु नभएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

उनले अहिले बैठक बसिरहेको र अवको केही मिनेटमै मतगणना सुरु गर्ने बताए । आइतबार ६१६ जना मतदातामध्ये ६०९ जनाले मतदान गरेका थिए ।