नेपालगन्जमा ओमकार परिवारले आयोजना गरेको शान्तिपूर्ण र्यालीमा गरिएको जिहादी आक्रमणप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अभियानका संयोजक विनय यादवले मंगलबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यो घटनालाई हामी लाजमर्दो, दुर्भाग्यपूर्ण र घृणित मान्दछौं । यो हाम्रो लोकतान्त्रिक मूल्यमान्यता र सामाजिक एकतामाथिको ठाडो प्रहार हो ।’
यस घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारलाई अभियानले अनुरोध गरेको छ ।
‘यस घटनामा संलग्न सबै दोषीलाई छिटोभन्दा छिटो कारबाही गरि नेपालको एकता र अखण्डताको रक्षा गर्नु सरकारको दायित्व हो। सरकारले आफ्नो दायित्व अबिलम्ब पूरा गर्नुपर्दछ,’ संयोजक यादवले विज्ञप्तिमा भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी यस संघर्षमा ओमकार परिवारका सबै सदस्यहरूका साथमा छौं । साथैसामाजिक एकता, सहकारिता र शान्तिको मूल्य कायम राख्न सबै नागरिकलाई एकजुट भएर काम गर्न अपिल गर्दछौं । त्यस्तै, हामी बिरूद्ग उदघोष गरिएको जिहादलाई सामना गर्न सजग रहन सामूहिक चेतनाको दिशामा पाइला अघि बढाउनु पनि सबैमा अनुरोध गर्द्छौं ।’