☰ open Loading... 25 November 2024|  

सुविधासगै दुर्गममा जोखिम बढाउँदै अटो
पश्चिम नेपाल   | १७ आश्विन २०८०, बुधबार १२:३८

दुर्गम भेकमा अटोले स्थानीयहरुलाई हिड्दुलमा सुविधा थपेपनि जोखिमभने उत्तिकै बढाएको छ । पहाडी जिल्लाहरुमा अटो दुर्घटना हुने क्रम रोकिएको छैन् । आज फेरी सल्यानमा अटो दुर्घटना भएको छ । दुईको अवस्था अम्भिर रहेको छ ।

नाथेखाेला,सुनैलिदेखि सल्लिवजार आउँदै गरेको ०२००१ ह १११५ नम्बरको अटाे सल्लि रुकुम चौहरजारी सडक खण्डमा पर्ने बनगाड कुपिण्डे सल्यानकाे वडा नं ६ वयलडाँडी नजिकै दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ का वर्ष ४७ का गृम राेका, वडा ५ राउचेका वर्ष ५० का शिवलाल साहु,साेहि वडाका वर्ष ६१ का मुमे साहु गम्भीर घाइते भएका छन् ।

इप्रका इन्चार्ज हरि खड्काकाे कमानमा सल्लि वजारमा रहेको प्रहरी टाेलि घटना घटेको छिनभरमै दुर्घटना स्थलमा पुगि घाइतेहरुकाे उद्दार गरेको छ । घाइतेहरुकाे सल्लिवजारमा रहेको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि बाहिर लैजाने तयारी भएको जनाएको छ ।

राेका र मुमे साहुकाे अवस्था भने गम्भीर रहेको जनाएको छ । अटाे चालक खलवहादुर वुढा भनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।