☰ open Loading... 17 May 2024|  

बढ्यो सुन चाँदीको मूल्य
पश्चिम नेपाल   | २१ आश्विन २०८०, आईतवार ११:५८

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ . आइतबार छापावाल सुनको मूल्य एक लाख सात हजार ६००, तेजावी सुनको मूल्य एक लाख सात हजार १०० र चाँदीको मूल्य एक हजार ३३० रुपैयाँ तोकिएको छ ।

यस अघि शुक्रबार एक लाख सात हजार ३०० मा छापावाल सुन, एक लाख ६ हजार ८०० मा तेजावी सुन र एक हजार ३१० रुपैयाँ तोलामा चाँदीको खरिदबिक्री भएको थियो ।