☰ open Loading... 17 May 2024|  

पहिरोमा जेसिबी पुरिंदा मृत्यु
पश्चिम नेपाल   | २२ आश्विन २०८०, सोमबार १२:४६

पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिंदा चालकको मृत्यु भएको छ।

रामपुर नगरपालिका-१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका-१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।