☰ open Loading... 17 May 2024|  

सुनको मूल्य तोलामै १००० ले बढ्यो
पश्चिम नेपाल   | २२ आश्विन २०८०, सोमबार १२:५५

सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँबाट बढेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको खरिदबिक्री मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।