☰ open Loading... 24 November 2024|  

सामाजिक लेखा परिषण सम्पन्न
यामराज बिष्ट   | २२ आश्विन २०८०, सोमबार १७:३१

 

दैलेख– बडाभैरब आधारभुत विद्यालय नारायण नगरपालिका–११ जुफियाले सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ। विद्यालयले आर्थिक वर्ष ७९।८०को सामाजिक लेखा परिक्षण सम्पन्न गरेको हो । हालसम्म विद्यालयले गरेका गतिविधि र आगामी दिनमा विद्यालयले गर्ने कार्यका विषयमा विद्यालय सामाजिक लेखा परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक मनसरा थापाले जानकारी दिइन्।
विद्यालयको शैक्षिक, भौतिक, आर्थिकको बारेका प्रकाश पार्दै आर्थिक वर्ष ०७९÷८० को ५०लाख२३हजार६३रुपैया बराबरको आय तथा ५०लाख२३हजार६३ रुपैया व्याय सार्वजनिकि गरिएको प्रधानाध्यापक थापाको बताइन्।

छोरा छोरीको भविष्य सुधार गर्न अभिभावकको पनि दायित्व हुनुपर्ने रैनादेवि मावि टाटामाखुका प्रधानाध्यापक सन्त बहादुर खड्काले बताए ।विद्यार्थीलाई घरमा पढाउन सिकाउ अभिभावकले पनि महत्वपुर्ण भूमिका खल्नुपर्ने उनले जानकारी दिए।

यस्तै रैनादेवि माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भद्र सिङले शैक्षिक क्षेत्र सुधार गर्नु अभिभावक,शिक्षकको महत्वपूर्ण भूमिका रहने बताए ।अभिभावक ,शिक्षक,विद्यार्थीको सम्बन्ध भनेको नङ् र मासुको हुन पर्ने उनले जानकारी दिए।

नेकपा एमाले नारायण नगरपालिकां–११का पार्टी अध्यक्ष तथा पुर्ब वडाध्यक्ष टंक बहादुर बिष्टले राज्यले दिएको सेवा सुविधाको उपयोग सबैले गर्नुपर्ने बताए ।वडाभैरव आधारभूत विद्यालयलाई शिक्षा क्षेत्रमा गुणस्तरीय बनाउन सबैले सहयोग गर्नुपर्ने जानकारी दिए।
कार्यक्रममा नारायण नगरपालिका वडा नं– ११वडाअध्यक्ष दीर्घ मल्लले शिक्षा क्षेत्रमा सुधार गर्न शिक्षक अभिभावकको महत्वपूर्ण रहने बताए ।विद्यार्थीको भविष्य सुधार गर्नु सबैको सहयोग जरुरी हुने बताए ।विद्यालयले कलासास्कृति संरक्षण गर्नमा सबै जना लाग्नुपर्ने उनले जानकारी दिए।

विद्यालयलाई पाईप सहयोग
बडाभैरब आधारभुत विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष मन्धरी मल्लले खानेपानी खान अभाव भएपछि ३सय मिटर खानेपानीको पाइप सहयोग गरेकी हुन्।मानिसको लागि अतिआवश्यक पिउने पानी भएका कारण विद्यालयमा पानी पिउनबाट विद्यार्थी बन्चित नहुन भन्ने हिसाबले पाइप सहयोग गरेको उनले बताइन्।
शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षासंग प्रत्येक्ष सरोकार राख्ने निकायहरुले खवरदारी गर्नुपर्ने व्यवस्थापन समितीका अध्यक्ष मन्धरी मल्लले बताइन् ।उनले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकले खेलिरहको भूमिकावारे सबै शिक्षक सक्रिय रहेको वताउदै दण्ड नभई माँया दिएर विद्यार्थीको मनोविज्ञान वदल्न आग्रह गरिन्।