☰ open Loading... 17 July 2024|  

अर्थमन्त्री सवार गाडी दुर्घटनामा
पश्चिम नेपाल   | २३ आश्विन २०८०, मंगलवार ०७:३१

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सितलपुरको घुम्तीमा सोमबार दिउँसो ४ बजेतिर मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो।

तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालयतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परी अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्य घाइते भएका छन्।

उनीहरू सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

स्वकीय सचिव पौडेलका अनुसार उनको खुट्टा चोटका कारण सुन्निएको छ।

चालकलाई टाउकोमा र पिएसोको हात-खुट्टामा चोट लागेको छ। सबै भन्दा कम चोट अर्थमन्त्रीज्यूलाई लागेको छ,’ पौडेलले भने

बच्चा जोगाउन चालकले गाडी खाडलमा हालेको स्वकीय सचिव पौडेलले सेतोपाटीलाई बताए।