☰ open Loading... 28 February 2025|  

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
पश्चिम नेपाल   | २३ आश्विन २०८०, मंगलवार २०:२१

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मंगलबार जिल्लाको नाम्खा गाउँपालिका-३ ढाँटकेर्मीबाट सामान लिएर सदरमुकाम मसिकोट आउँदै गरेको लु ४ त ७३२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्।दुर्घटना घाइते भएहरूको नाम ठेगाना खुलिसकेको छैन।

जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार मंगलबार दिउँसो करिब ४ बजेको समयमा सिमकोट– ७ स्थित सरिम भन्ने ठाउँमा ट्याक्टर दुर्घटनामा परेकाे हाे।

उनले ट्याक्टरको पछाडिको ट्रली पल्टिँदा सवार तीनै जना घाइते भएकाे जानकारी दिए।घाइतेहरूको उद्धार गरी सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल ल्याउँदै गरिएको उपरीक्षक भट्टराईले जनाए।