☰ open Loading... 5 May 2024|  

कर्णाली सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई तीन लाख दिने
पश्चिम नेपाल   | २४ आश्विन २०८०, बुधबार १४:४४

कर्णाली प्रदेश सरकारले इजरायलमा फ्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई जनही तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली एवम् घाइतेहरुकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दै मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।