☰ open Loading... 26 February 2025|  

टी–२० सिरिज: नेपालको पहिलो खेल यूएईसँग
पश्चिम नेपाल   | २५ आश्विन २०८०, बिहीबार ०५:२१

काठमाडौं– आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ।बुधबार सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल यूएईसँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने सिरिजमा नेपाल, यूएई र हङकङ रहेका छन्।

कात्तिक १ गतेदेखि सुरु हुने सिरिज कात्तिक १० गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। कात्तिक १ गते नै नेपालले पहिलो खेल यूएईसँग खेल्नेछ। कात्तिक २ गते दोस्रो खेल हङकङसँग रहेको छ।

तालिकाअनुसार कात्तिक ४ गते फेरि हङकङ र कात्तिक ६ गते यूएईसँग खेल्नेछ। डबल राउण्ड राबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्नेछन्।

प्रतियोगिताका सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। टी–२० विश्वकपको एसिया क्षेत्र छनोटलाई सहयोग पुग्नेगरी क्यानले सिरिज आयोजना गरेको हो।