☰ open Loading... 18 May 2024|  

अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने
पश्चिम नेपाल   | २५ आश्विन २०८०, बिहीबार ०५:५६

दैलेख- कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।उनले नेपालमा कृषि योग्य जमिन प्रशस्तै भएकाले आवश्यक तरकारी, खाद्यान्नलगायत कृषि उत्पादनमा सबैले जोड दिनुपर्ने बताएका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेख र कृषि बिकाश कार्यालय दैलेखको आयोजना गरिएको आर्थिक बर्ष८०/ ८१को स्वीकृत कार्यक्रम सार्वजनिकरण र समन्वयात्मक गोष्टीमा उनले आफुसँग भएको स्रोत र साधानको भरपुर प्रयोग गर्दै कृषिमा आत्मानिर्भर बन्न सबै जना लाग्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले विकास कार्यक्रम सञ्चालन गर्नेहरुबीच समन्वय प्रभावकारी बनाउन आग्रह गरे । कृषिलाई अगाडी बढाउन् उत्पादनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य गमता बिकले कृषि क्षेत्रमा दक्ष जनशक्तिको आवश्यक रहेको बताइन्।कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पादनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता उनले जानकारी दिइन् ।

यस्तै प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव डा नरहरी घिमिले कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहहरुको सहकार्यता जरुरी रहेको बताए। उनले सबै संग समन्वय गरेर जानुपर्ने बताए ।कार्यक्रममा पशु विकास कार्यालय दैलेखका प्रमुख भीमबहादुर बिष्ट महत्त्वपूर्ण सुझाव अनुसार नै काम गर्ने बताए ।