☰ open Loading... 18 May 2024|  

थारु कलाकार मंचबाट नृत्य निर्देशक सुवेदी सम्मानित
पश्चिम नेपाल   | २५ आश्विन २०८०, बिहीबार १२:४८

राष्ट्रिय थारु कलाकार मंच बाँकेका दोस्रो अधिबेशनमा थारु भाषा, संस्कृति संरक्षणमा योगदान पु¥याएको भन्दै लामो समयदेखि कलाक्षेत्रमा रहेका नृत्यु निर्देशक नवराज सुवेदीलाई सम्मान गरिएको छ ।
राष्ट्रिय थारु कलाकार मंच बाँकेका अध्यक्ष सोहनलाल थारुको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनबाट रामु चौधरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरी, उपाध्यक्ष श्रीदेबी थारु, सचिव देवदास चौधरी, सहसचिव संजिता सुमकुशुम्या, कोषध्यक्ष अमृता थारु रहेका छन् । दिपक थारु, दितेन थारु, निर्माला चौधरी, बिकेश चौधरी सदस्यमा चयन भएकाछन् ।

अधिबेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य दुर्गा चौधरीले कलाकारहरुको भाषा संस्कृति संरक्षणमा महत्वपुर्ण योगदान हुने भएकाले सबैले सम्मान गर्नुपर्ने बताए । यस्तै शुभकामना मन्तव्य दिदै लुम्बिनी प्रदेश सदस्य सन्जु चौधरीले थारु कलाकारहरुलाई जोगाउने सबैको दायित्व रहेको बताइन् ।

सुवेदीसहित विभिन्न समुदायका ८ जनालाई कदर पत्र सहित सम्मान समेत गरेको हो । सम्मानित हुनेहरुमा छेदा थारु, गणेश दहित, बिनोद थारु, दुर्गा रानामगर, लक्ष्मी चौधरी, कृष्ण राज अधिकारी र नयाँ सृजना युवा क्लबलाई कदर पत्र सहित सम्मान गरिएको छ ।
यस्तै थारु कलाकार मंचका केन्द्रिय अध्यक्ष बिनय बैद्यले थारु कलाकारहरुको गित संगीतमा करोडौं रुपैयाँ लगानी भएपनि राज्यले हेर्ने दृष्टिकोण फारक रहेको बताए ।
अहिलेसम्म थारु कलाकारहरुलाई राज्य सहयोग नगरेको उनले गुनासो गरे । यस्तै थारु कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारुले कलाकारहरु राजनीतिक रुपमा पनि सफलता प्रप्ता गर्दै आएकाले उनीहरुलाई राजनीतिक तर्पm पनि अगाडी बढाउनु पर्ने बताए ।